कान्छा शेर्पा पहिलो सगरमाथा आरोहण दलका सदस्य कान्छा शेर्पाको टेकुस्थित चिन्तामणि घाटमा अन्त्येष्टि गरियो। ९२ वर्षको उमेरमा कपनस्थित निवासमा निधन भएका शेर्पालाई सहरी विकास मन्त्री कुलमान घिसिङले राष्ट्रिय झण्डा ओढाए र सशस्त्र प्रहरी बलले अन्तिम सलामी दियो। शेर्पा १९५३ को आरोहण दलका अन्तिम जीवित सदस्य थिए।सन् १९५३ को सगरमाथा आरोहणमा एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा शिखर आरोहण गर्दा उक्त आरोहण दलमा भरियाका रूपमा संलग्न शेर्पा आठ हजार मिटरको उचाइमा पुगेका थिए ।शेर्पा हालसम्म उक्त आरोहण दलको एकमात्र जीवित सदस्यका रूपमा रहेका थिए ।