
बुटवल । नेपाल विद्युत् प्राधिकरणले ट्रंकलाइन महसुल विवादमा रहेका रुपन्देहीका १० उद्योगको विद्युत् लाइन काटेको छ। बुटवल–भैरहवा औद्योगिक करिडोरका ती उद्योगमा शुक्रवार साँझदेखि विद्युत् आपूर्ति काटिएपछि उत्पादन ठप्प भएको उद्योगीहरूले जनाएका छन्।ऊर्जा मन्त्री कुलमान घिसिङको निर्देशनमा प्राधिकरणले पञ्चकन्या स्टिल, पञ्चकन्या प्लास्टिक, एभरेस्ट रोलिङ, एसआर स्टिल, एसआर फुड, भलबारी स्वचालित चामल कारखाना, घराना फुड्स्, गोयन्का फुड्स, सिद्धार्थ पेट प्लास्ट र श्याम प्लास्टिक उद्योगको लाइन काटेको उद्योगीहरूको दाबी छ।एसआर उद्योगका सञ्चालक सुमन भुसालले रातोपाटीसँग कुरा गर्दै आफूहरूले ट्रंकलाइन माग गरे पनि प्रयोग नगरेको अवस्थामा ‘जबरजस्ती’ लाइन काटिएको बताए। उनले निजी क्षेत्रलाई तहसनहस बनाउने उद्देश्यले यस्तो काम भएको आरोप लगाएका छन्।

