नेपाल सरकारले इजरेलमा विपिन जोशीको मृत्युको सत्यतथ्य पत्ता लगाउन पहल गरिरहेको छ। शव फिर्ता भए पनि मृत्युको कारण र परिस्थिति अझै अस्पष्ट छ। इजरेली विधिविज्ञान केन्द्रले परीक्षण गरे पनि अन्तिम निष्कर्ष आउन बाँकी छ। जोशीको परिवारसँग समन्वय गरी नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको छ र पोस्टमोर्टमको सम्भावना रहेको छ।अर्कातर्फ परराष्ट्र मन्त्रालय तथा तेल अभिभस्थित नेपाली दूतावास अधिकारीहरूले शव कुन अवस्थामा छ भन्ने कुरा नै थाहा हुन नसकेको बताएका छन्।गाजा युद्धको सुरुतिर “बन्धक रहेकै अवस्थामा विपिनको हत्या भएको हुन सक्ने” भन्दै इजरेलको राष्ट्रिय विधिविज्ञान केन्द्रले मृत्युको परिस्थितिसम्बन्धी परीक्षण सम्पन्न गरेपछि उनको विषयमा अन्तिम निष्कर्ष निकालिने इजरेली सेना आईडीएफले जनाएको छ।