मध्य म्यानमारमा धार्मिक उत्सव र प्रदर्शनको क्रममा बम हमलामा कम्तीमा २४ जनाको मृत्यु भएको छ । यस घटनामा अरू ४७ जना घाइते भएका छन् । बौद्ध उत्सवका क्रममा प्याराग्लाइडरबाट मानिसहरूको समूहमाथि सेनाले दुई वटा बम खसालेको थियो । म्यानमारको सैन्य सरकारको विरोधमा प्रदर्शन भएपछि सेनाले सोमबार साँझ सो उत्सवमा आक्रमण गरेको बताइएको छ ।

मोटराइज्ड प्याराग्लाइडरले भीडमाथि दुईवटा बम खसालिएको निर्वासनमा रहेको सरकारका प्रवक्ताले बीबीसी बर्मालाई बताएको छ । राष्ट्रिय बिदा मनाउन मध्य म्यानमारको चाउङ यू टाउनशिपमा लगभग १०० जना भेला भएका थिए । सेनाले २०२१ मा सत्ता कब्जा गरेदेखि हजारौंको मृत्यु भएको छ भने लाखौं मानिस विस्थापित भएका छन् । जसले गर्दा सशस्त्र प्रतिरोध समूह र जातीय मिलिशियासँग गृहयुद्ध सुरु भएको छ।