अमेरिकाले एकैदिन ९१ जना नेपालीलाई चार्टर विमानमार्फत काठमाडौं फिर्ता पठाएको छ। यो राष्ट्रपति ट्रम्पको कार्यकालमा सबैभन्दा ठूलो संख्यामा भएको डिपोर्ट हो। अवैध बसोबास र प्रवेशका कारण उनीहरूलाई डिपोर्ट गरिएको हो। काठमाडौं आइपुगेपछि उनीहरूलाई मानव तस्करी सम्बन्धी सोधपुछका लागि नेपाल प्रहरीलाई बुझाइएको छ।स्रोतका अनुसार मंगलबार निष्कासनमा परेका नेपालीहरूलाई काठमाडौं ल्याइपुर्‍याएको हो। गैरकानुनी रूपमा अमेरिकामा बस्दै आएका उनीहरूलाई अमेरिकाले निष्कासन गरेको हो।स्रोतका अनुसार केही नेपालीहरू तल्लो बाटो हुँदै अमेरिका पुगेका थिए भने केही त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा निष्कासनमा परेका थिए। निष्कासनमा परेका नेपालीहरूलाई अमेरिकाको अध्यागमन प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको समेत गरेको थियो।