काठमाडौँ । तपाईंलाई थाहा छ? भान्सामा हुने एउटा सानो गल्तीले तपाईंलाई क्यान्सर जस्तो ज्यानमारा रोगको नजिक पुर्‍याउन सक्छ। त्यो गल्ती हो— खाना पकाइसकेपछि बचेको तेललाई फेरि तताएर प्रयोग गर्नु ।हामी प्राय: तेल खेर नजाओस् भनेर यसो गर्छौँ, तर यो तपाईंको स्वास्थ्यसँग ठुलो खेलबाड हो । जुन तेललाई हामी खेर जान नदिएर बारम्बार तताउँछौँ, त्यो वास्तवमा हाम्रो शरीरमा विष घोलिरहेको हुन्छ। 

  • स्ट्रिट फुड खाँदा होसियार

डाक्टरका अनुसार, एक सर्वेक्षणमा धेरै स्ट्रिट फुड बिक्रेताहरूले एउटै तेललाई ४-५ पटकसम्म प्रयोग गर्छन्। उनीहरूको पसलबाट लिइएको तेलको नमुनामा विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा दुई गुणा बढी विषाक्त तत्त्वहरू पाइएका थिए।

  • बारम्बार तताउँदा तेल किन बन्छ विष?

जब हामी तेललाई पटक-पटक तताउँछौँ, तब त्यसबाट केही विषाक्त यौगिकहरू र फ्री रेडिकल्स निस्कन थाल्छन्। यी फ्री रेडिकल्सले हाम्रो कोशिकाहरूलाई सीधा क्षति पुर्‍याउँछन्, जसले क्यान्सरको जोखिम बढाउँछ।पटक-पटक तताउँदा तेलमा एल्डिहाइड्स र पीएच जस्ता रसायनहरू पनि बन्छन्, जुन कार्सिनोजेनिक हुन्छन्। यसको मतलब, यी रसायनहरूमा शरीरमा क्यान्सर पैदा गर्ने क्षमता हुन्छ।