
नुनमा रहेको सोडियमले शरीरमा पानीको सन्तुलन कायम गर्ने, मांसपेशीको कार्यमा सहयोग पुर्याउने र रक्तचाप नियन्त्रण गर्ने जस्ता महत्त्वपूर्ण कार्यहरू गर्दछ। यद्यपि, उच्च रक्तचाप भएकाहरूलाई नुन कम गर्न सल्लाह दिइन्छ।तर, यदि कसैले एक महिनासम्म पूर्ण रूपमा नुन सेवन गरेन भने शरीरमा कस्ता प्रभावहरू देखिन्छन्? यसले स्वास्थ्यलाई फाइदा पुर्याउँछ वा गम्भीर हानि गर्छ?स्वास्थ्य विज्ञहरूका अनुसार नुनमा रहेको सोडियम शरीरका लागि आवश्यक इलेक्ट्रोलाइट हो। एक महिनासम्म नुन पूर्ण रूपमा नखाँदा शरीरमा सोडियमको मात्रा खतरनाक रूपमा घट्न सक्छ, जसले निम्न समस्याहरू निम्त्याउन सक्छ:सोडियमको कमीका लक्षणहरू: टाउको दुख्ने, कमजोरी महसुस हुने, लगातार थकाई लाग्ने, मांसपेशी दुख्ने र चक्कर लाग्ने।

