
नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ। निगमले पेट्रोलमा प्रतिलिटर २ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ बृद्धि गरेको हो।शुक्रबार (आज) राति १२ बजेदेखि लागू हुने गरी मूल्य बढेको निगमले जनाएको छ।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। गएरातिदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ। इन्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आएकाले यो समायोजन गरिएको हो। काठमाडौँमा अब पेट्रोलको मूल्य १६७ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १६० रुपैयाँ पुगेको छ।

