
भूकम्पविद्हरूले पटकपटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न नमिल्ने बताएका छन्। भूकम्पको भविष्यवाणी गर्न सम्भव नभएको उनीहरूको भनाइ छ। वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले साना भूकम्पले भविष्यमा ठूलो भूकम्पको सम्भावना देखाउन सक्छ भने पनि भविष्यवाणी गर्न सकिएको छैन भने। चीनको सिजाङ क्षेत्रको ६.८ म्याग्निच्युडको भूकम्प नेपालमा महसुस भएको थियो।आज बिहान चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर गएको ६ दशमलव ८ म्याग्निच्युडको भूकम्पको धक्का काठमाडौँसहित मुलुकको पूर्वी भेगमा महसुस भएको अधिकारीले बताए । “पटकपटक भूकम्प गइरहेको स्थानमा भूकम्पको शक्ति जम्मा भइरहेको हुन्छ । उक्त ठाउँमा स–साना भूकम्प गइरहेका हुन्छन् भने भविष्यमा ठूलो भूकम्प जान सक्ने सम्भावना हुन्छ,” उनले भने, “तर अहिलेसम्म भूकम्प जाने भविष्यवाणी भने गर्न सकिएको छैन ।”

