
पश्चिम नेपाल भूकम्प र २०८१ सालको मनसुनजन्य विपद् पश्चातको पुनःनिर्माणका लागि रु ९८ अर्ब ६५ करोड २९ हजार ६८ लागत लाग्ने अनुमान प्रस्तुत गरिएको छ । आइतबार प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १५ औँ बैठकमा सो अनुमाति बजेट प्रस्तुत गरिएको हो ।सहकारीको रकम हिनामिना गरेको अभियोगमा कास्की जिल्ला अदालतमा मुद्दा झेलिरहेका रवि लामिछानेविरुद्ध काठमाडौँ जिल्ला अदालतमा पनि मुद्दा दायर भएको छ । आइतबार रास्वपाका सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना सम्बन्धमा मुद्दा दायर भएको हो

