इन्टर मिलान इटालियन सुपरकपको फाइनलमा पुगेको छ। सेमिफाइनलमा एटलान्टालाई २-० ले हराउँदै इन्टरले फाइनलमा स्थान बनाएको हो। डेजल डमफ्रिजका दुई गोल निर्णायक सावित भए। एटलान्टाका एडर्सनको प्रयास भिएआरले अस्वीकृत गरेपछि उनीहरू गोलविहिन बने। इन्टरले जनवरी ६ मा युभेन्टस वा एसी मिलानसँग प्रतिस्पर्धा गर्नेछ।