
बिहीबार दिउँसो १:०२ बजे सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।केन्द्रका अनुसार ४.८ म्याग्नेच्युटको भूकम्प गएको हो।भूकम्पको धक्का काठमाडौं उपत्यकामा पनि महसुस भएको छ।पछिल्लो समय भूकम्प जाने क्रम बढ्दै गएको छ। शुक्रबार मुगु केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यसअघि बिहीबार सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर पनि भूकम्प गएको थियो।

