बंगलादेश प्रिमियर लिगमा पनि एक बलमा १५ रन बनेको छ । लगिको तेस्रो खेलमा मंगलबार खुल्ना टाइगर्सका बलर ओशान थोमसले एक बलमा १५ रन दिएका हुन् । खेलमा खुल्ना टाइगर्स र चिटगाउँ किंग्सबीच प्रतिस्पर्धा भएको थियो । कप्तान मेहदी हसन मिराजले ओशाने थोमसलाई नयाँ बल दिएर पहिलो ओभर बलिङ गर्ने जिम्मेवारी दिए । थोमसको पहिलो बल नो थियो तर, च्यालेन्जर्सका ओपनर मोहम्मद नसिम इस्लामले फ्रि हिटमा कुनै रन बनाउन सकेनन् ।

थोमसले दोस्रो नो बल फाले । जसमा नसिमले छक्का प्रहार गरे । थोमसले लगातार दुई बल वाइड फाले । यसपछि नसिमले चौका प्रहार गरे तर अम्पायरले फेरि नो बल दिए । थोमसले दुई बल पनि पूरा गर्न सकेनन् र चिटागङ किंग्सको स्कोर १५ रन पुग्यो । थोमसले पहिलो ओभरमा १२ बल फालेका थिए ।यसअघि अघिल्लो केही दिनअघि सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल)मा पनि एक बलमा १५ रन बनेको थियो । चितवन राइनोजका बलर अमर सिंह राउटेलाको ओभरमा विराटनगर किंग्सले एकै बलमा १५ रन जोडेको थियो ।