काठमाडौँ । जाडोयाम नजिकिँदै जाँदा बजारमा छ्यापछ्याप्ती पाइन्छ । गाजर खानुका अनेक स्वास्थ्य लाभ छन् । जाडो मौसममा तात्तातो गाजरको हलुवा र गाजरको मिठाई लगायत परिकार बढी खाइन्छ ।आँखाको ज्योति बढाउन स्वस्थकर खानेकुराको कुरा गर्दा धेरैको मुखमा प्रायः गाजरकै नाम आउँछ । बाल्यकालदेखि नै हामीले गाजर खाँदा आँखाको ज्योति बढ्छ भन्ने कुरा सुन्दै आएका छौँ ।तर अत्यधिक गाजर खाँदा केही साइड इफेक्ट पनि हुन सक्छ । मधुमेह, एलर्जी भएका व्यक्तिहरू गाजर नखानुने उपयुक्त हुन्छ ।

यस्ता छन् गाजर खानुका बेफाइदा

गाजर पोषक तत्त्वले परिपूर्ण छ । तर धेरै मात्रामा यसको सेवन गर्दा केही नराम्रा प्रभाव पनि पर्न सक्छन् ।

क्यारोटेनेमियाः धेरै गाजर खाँदा छाला पहेँलो वा सुन्तला हुन सक्छ । यो खतरनाक नै चाहिँ होइन ।

रगतमा चिनीको मात्रा बढ्छ: गाजरमा प्राकृतिक चिनी हुन्छ । मधुमेहका रोगीहरूले सकेसम्म यसको सेवन सीमित गर्नुपर्छ ।

पाचनसम्बन्धी समस्या: धेरै गाजर खाँदा ग्यास, पेट फुल्ने वा अपच जस्ता समस्या निम्तिन सक्छ ।

भिटामिन ए को अत्यधिक सेवन: लामो समयसम्म धेरै गाजर खाँदा शरीरमा भिटामिन एको स्तर बढ्न सक्छ । जसका कारण टाउको दुख्ने, चक्कर लाग्ने वा बान्ता हुने जस्ता समस्याहरू निम्त्याउँछ ।