• मोटोपना भनेको के हो? 

मोटोपना भनेको हाम्रो शरीरमा अत्यधिक रूपमा बोसोहरू संकलन हुनु हो, जसको कारणले गर्दाखेरि हाम्रो शरीरमा नकारात्मक असरहरू पर्ने गर्दछ। मोटोपन नाप्ने बडी मास इन्डेक्स (बीएमआई) भन्ने हुन्छ, जुन विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पनि सुझाव गरेको छ। बीएमआई कसरी नाप्ने भन्दाखेरि हाम्रो तौल (केजीमा) लाई उचाइ (मिटरमा) स्क्वायर गरेर भाग गर्दा (BMI = weight (kg) / [height (m)]2 ) यदि त्यो ३० अथवा ३० भन्दा बढी आयो भने त्यसलाई हामी मोटोपना भन्ने गर्दछौँ।अर्को भनेको निस्क्रिय जीवनशैली। अहिले धेरैजसो मानिसहरूले टेबलमै बसेर काम गर्ने हुनाले जति शारीरिक गतिविधि गर्नुपर्ने हो, त्यो पुग्दैन। अनि अर्को भनेको इमोसनल इटिङ भन्ने हुन्छ। हामीले जहिले पनि खानेकुरालाई इमोसनसँग जोड्छौँ। धेरै तनाव भयो भने एकदमै हाइ कार्बोहाइड्रेट र हाइ फ्याट डाइटहरू खाने गर्छौँ। 

  • मोटोपन घटाउन खानपानको कति महत्त्वपूर्ण भूमिका हुन्छ?

मोटोपन घटाउनको लागि खानपानको एकदमै मुख्य भूमिका रहेको छ। खानपानको ८० प्रतिशत भूमिका रहेको छ भने बाँकी २० प्रतिशत शारीरिक व्यायामले गर्छ। तपाईंले एक बार स्निकर खानुभयो भने त्यो स्निकर बराबरको क्यालोरीलाई जलाउनको लागि हामीले आधा घण्टा कुद्नुपर्ने हुन्छ। त्यो त हामी गर्दैनौँ। त्यसैले हामीले डाइटलाई राम्रोसँग बनाउन सकेनौँ, मेन्टेन गर्न सकेनौँ भने जति नै एक्सरसाइज गरे पनि त्यसले राम्रो नतिजा दिँदैन। हामीले क्यालोरी कम भएका, फाइबरयुक्त, प्रोटिनयुक्त खानेकुराहरू खानुपर्छ, जसले गर्दा हाम्रो पेट छिटो भर्छ, मेटाबोलिजम राम्रो गर्छ र तौल घटाउन एकदमै मद्दत गर्छ।

  • मोटोपनका लागि कुन-कुन खानेकुरा फाइदाजनक हुन्छ ? कुन-कुन हानिकारक हुन्छ?

हाम्रो नेपालीहरूले खानेकुराहरूमा फाइदाजनक खानेकुराहरू भनेको फाइबरयुक्त खानेकुराहरू हुन्, जस्तै पूर्ण अन्न, गेडागुडी, सागसब्जीहरू। अर्को भनेको प्रोटिनयुक्त खानेकुराहरू, जस्तै अण्डा, माछा, मासुहरू। त्यसैगरी, पानीको मात्रा धेरै भएका खानेकुराहरू, जस्तै दूध, दही। फ्याटहरूमा पनि हामीले स्वस्थकर फ्याटहरू रोज्नुपर्छ, जस्तै एभोकाडो, सूर्यमुखी र फर्सीको बियाँ, नट्सहरू। यी खानेकुराहरू मोटोपनका लागि एकदमै फाइदाजनक छन्। 

हानिकारक खानेकुराहरू भनेको बजारमा पाइने धेरै प्रशोधित खानेकुराहरू, प्याकेज्ड फुड, चिप्स, चाउचाउ, जंक फुडहरू एकदमै हानिकारक हुन्। रिफाइन्ड कार्बोहाइड्रेटहरू, जस्तै सेतो पाउरोटी, सेतो भात पनि हानिकारक हुन्छ। चिनीयुक्त पदार्थहरू, जस्तै सोडा ड्रिंक्स, क्यान्डी, केकहरू पनि एकदमै हानिकारक हुन्छन्। यदि हामीले मदिरा धेरै सेवन गर्यौँ भने पनि यसले तौल बढाउँछ र मोटोपन निम्त्याउँछ, किनभने १ ग्राम अल्कोहलमा ७ किलो क्यालोरी हुन्छ।