
दोश्रो वृहत् सल्यान महोत्सवमा आगलागी भएको छ । आठ दिनअघि मात्रै सल्यानको श्रीनगरमा राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानले शुरू गरेको महोत्सवमा आगलागी भएको हो । शनिबार राति अन्दाजी ११ बजे आगलागी हुँदा ८० स्टल जलेर ध्वस्त भएका छन् । आगलागीबाट करोडौंको क्षति भएको आयोजकले जनाएको छ । आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय खटेका थिए ।

