क्यालिफोर्नियाको लस एञ्जलसमा फैलिएको डढेलोले आवासीय क्षेत्रहरू प्रभावित बनाउँदै हजारौँ घर र सवारी साधन नष्ट गरेको छ। ५० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने पाँच जनाको मृत्यु भएको छ। डढेलोले हलिउडका चिन्हहरूलाई समेत खतरा पुर्याएको छ र ओस्कर मनोनयनमा असर परेको छ। आपतकाल घोषणा गरिएको छ।म्यारोनले आगो नियन्त्रणमा आउन नसकेको बताएका छन्। उनले भनेका छन्, ‘घटनामा पाँच नागरिकको मृत्यु भएको छ। कम्तीमा एक लाख मानिसलाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको छ। एक हजारभन्दा बढी घर पूर्ण रूपमा नष्ट भएका छन्।’ अग्नि नियन्त्रकहरूलाई सहयोग गर्न एरिजोनासहित क्यालिफोर्नियाबाहिरबाट पनि अधिकारीहरू आगलागी क्षेत्रमा पुगेका छन्।