काठमाडौँ महानगरपालिकाले अनुचित व्यवहार गरेपछि आफूहरू विरोधमा उत्नन बाध्य भएको आरोप सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले लगाएका छन्। पछिल्लो समय शिक्षक तालिमका विषयमा शिक्षकहरूको असन्तुष्टि सार्वजनिक भएपछि महानगरपालिका र प्रधानाध्यापकबीचको विवाद सतहमा आएको हो। प्रधानाध्यापक असन्तुष्ट बन्नुको कारण तालिम नभएर महानगरपालिकाको अनुचित व्यवहार भएको जानकारी महानगरअन्तर्गतको एक सामुदायिक विद्यालयका प्रधानाध्यापकले दिएका छन्।‘मेयर बालेन साहको सचिवालयका मान्छेहरूले प्रधानाध्यापकसँगको बैठकमा तपाईँहरू ठूला कुरा गर्ने? तपाईँहरूका स्कुलका सबै हिसाबकिताब मलाई थाहा छ। तपाईँहरूका किलाकाँटा निकाल्छु भने। हामी त हेड मास्टर हौँ नि। शिक्षकले त मेयरसँग आफ्नो कुरा राख्ने हैसियत राख्छ भने प्रधानाध्यापकले राख्द पाउँदैन? पेसागत संस्थाका प्रतिनिधिले पेसाका कुरा राख्न पाउँदैनन्? यहीँबाट टसल सुरु भएको हो। तालिम त तपसिलका कुरा हुन्,’ ती प्रधानाध्यापक भन्छन्।