त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा भएको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा ६ दिनमा १० अर्धशतक र एक शतक बने। नेपाली खेलाडीमध्ये तीनजनाले मात्र अर्धशतक बनाए। कर्णाली याक्सका मार्क वाटले लुम्बिनी लायन्सविरुद्ध अविजित ११४ रन बनाउँदै एनपीएलमा सबैभन्दा छिटो शतक बनाउने कीर्तिमान बनाए।