काठमाडौँ । बाराको सिमरा क्षेत्र अवस्था तनावग्रस्त बनेको छ । काठमाडौंबाट एमाले महासचिव शंकर पोखरेल, नेता महेश बस्नेत लगायत नेताहरु सिमरा आउने भएसँगै जेनजी समूह उनीहरुविरुद्ध प्रदर्शनमा उत्रिएका हुन् ।बिहान ११ बजे एमाले नेता पोखरेल र बस्नेत सिमरा उत्रिने कार्यक्रम थियो। तर, प्रदर्शनका कारण पोखरेल र बस्नेतलगायत गएनन्, बरु स्थिति तनावपूर्ण बन्दै गएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । यस्तै हाल सिमरा विमानस्थल बन्द गरिएको छ। कर्फ्युपछि पनि प्रदर्शनमा उत्रिएका जेनजी समूहले सडकमा टायर बालेका छन् । जेनजी प्रदर्शनकारीले सिमरा विमानस्थल छिर्ने बाटो अगाडि टायर बालेर प्रदर्शन गरेका हुन् । प्रहरीले प्रदर्शन नगर्न र सार्वजनिक सडक खाली पार्न प्रदर्शनकारीलाई चेतावनी दिएको छ ।