
कास्कीमा यस वर्षको एसईई परीक्षामा ६५ जनाले ४ जीपीए ल्याएका छन्, जुन अहिलेसम्मकै उत्कृष्ट नतिजा हो। मदरल्याण्ड सेकेण्डरी स्कुलका सबैभन्दा बढी ११ विद्यार्थीले यो अंक ल्याए। सामुदायिक विद्यालयका १८ र संस्थागत विद्यालयका ४६ विद्यार्थीले यो अंक प्राप्त गरे। कुलमा करिब ८३ प्रतिशत विद्यार्थी उत्तीर्ण भए राष्ट्रिय परीक्षा बोर्डले गत चैत महिनामा लिएको परीक्षाको शुक्रबार नतिजा सार्वजनिक गरेको हो । सार्वजनिक नतिजामा कुल ६१.८१ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’ अर्थात् कक्षा ११ मा भर्नाका लागि योग्य भएका छन्। गत वर्ष ४७.८६ प्रतिशत विद्यार्थी मात्र ग्रेडेड भएकोमा यसपटक १३.९५ प्रतिशतले नतिजा सुधारिएको हो ।

