दमौली ।  तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)  नेपाल प्रमुखको टोलीले आज अनुगमन गरेको छ ।  जाइका नेपाल कार्यालयका प्रमुख मात्सुजाकी मिजुकी नेतृत्वको टोलीले आयोजनाको स्थलगत निरीक्षण गर्दै हालसम्मको प्रगतिबारे जानकारी लिएको छ । जलविद्युत् आयोजनामामा जाइकाको लगानी रहेको छ