

काठमाडौँ– सरकार र शिक्षकबीच वार्ता सुरु भएको छ सिंहदबारस्थित शिक्षा मन्त्रालयमा वार्ता सुरु भएको हो।वार्तामा सरकारको तर्फबाट शिक्षामन्त्री विद्या भट्टराई सहितको टोली सहभागी छ भने नेपाल शिक्षक महासंघबाट सहअध्यक्ष नानुमाया पराजुली नेतृत्वको टोली रहेको छ।
शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने माग गर्दै शिक्षक महासंघले २० चैतदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आइरहेको छ।यसअघि दुई पटक सरकारले वर्तामा आउन माग गरेपनि शिक्षकहरूले वार्तामा बस्ने वातावरण नरहेको भन्दै वार्तामा बस्न मानेका थिएनन्।