
बागलुङ यहाँको सडक मापदण्ड पूरा गरेर धमाधम स्तरोन्नतिसहित कालोपत्रको काम सुरु भएको हो ।सडक निर्माणको काम थालेको झण्डै १५ वर्षपछि मध्यपहाडी लोकमार्गले मुहार फेर्दै छ । सडक मापदण्डमा परेका घरटहरा, जग्गा जमिन र विभिन्न संरचनाका कारण यहाँ लामो समयदेखि स्तरोन्नतिकै काम रोकिएको थियो ।नगरपालिका वडा नं. ४ उपल्लाचौरको बुर्तिवाङ चोकसम्मको २१ सय मिटर सडक स्तरोन्नतिसहित कालोपत्र हुन लागेको हो । यो खण्डले बागलुङ बजार क्षेत्रको मुहार फेर्ने छ । तत्कालका लागि १२ मिटरको दुई लेन सडकमा नालीदेखि टेवा पर्खाल निर्माणको काम चलिरहेको सडक डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी इन्जिनियर विष्णुप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
सडक स्तरोन्नतिका लागि १० करोड रुपियाँ बजेट रहेपनि निर्माण कम्पनीले भ्याटसहित ६ करोड ७२ लाख ६५ हजार रुपियाँमा सम्झौता गरी काम गरिरहेको सुवेदीले बताउनुभयो । २०८१ भदौ १५ गते ठेक्का सम्झौता गरेको एच.सी.बि.जि.सी.एस. कम्पनीले आगामी २०८२ भदौ १५ गतेभित्र सडक स्तरोन्नतिसँगै कालोपत्रको काम काम सम्पन्न गर्नुपर्ने छ ।

