
जापानको मौसम विभागले पश्चिमी र पूर्वी क्षेत्रमा मेघगर्जन, चट्याङ र तीव्र हावाहुरीको चेतावनी दिएको छ। शिकोकु, किन्की र इजु टापुहरूमा वर्षा हुने बादलहरू विकसित भइरहेका छन्। यो अस्थिर अवस्था शुक्रबार रातिसम्म पश्चिमी जापानमा र शनिबार बिहानैसम्म पूर्वी जापानमा जारी रहने अनुमान छ।जापान मा कुनै पनि बेला धेरै पानि पर्ने र मेघ गर्जिने सम्भावना रहेको छ।

