जेनजीको आन्दोलनपछि भएको सत्ता परिवर्तनले अर्को महत्त्वपूर्ण प्रश्न उठाएको छ – नेतृत्वको अभाव। सबै राजनीतिक दलभित्रै नेतृत्वको खोजी अपरिहार्य देखिएको छ। अहिले उपयुक्त अवसर हो – पार्टीभित्रका नयाँ पुस्ताले अनैतिक कार्यमा मुछिएका पुराना नेताहरूलाई हटाएर नेतृत्वमा अघि बढ्न जरुरी छ।सन् २०२५ सेप्टेम्बर ८ मा सुरु भएको जेन–जी नेतृत्वको आन्दोलन नेपालको लागि ऐतिहासिक बन्यो। यसले केवल एक पुस्ताको असन्तोषलाई मात्र होइन, नयाँ पुस्ताले डिजिटल युगमा कसरी आफ्ना माग प्रस्तुत गर्न सक्छन् भन्ने शक्तिशाली सन्देशसमेत दिइसकेको छ। सडक र सामाजिक सञ्जालमा प्रकट यो आन्दोलनले अघिल्ला पुस्ताले कल्पना पनि नगरेको नयाँ शैली प्रस्तुत गर्‍यो।भौतिक संगठन वा एकल नेतृत्वबिना, केवल सामाजिक सञ्जाल प्रयोग गरेर हजारौं युवाहरूले सुरु गरेको शान्तिपूर्ण आन्दोलन आफैंमा एउटा सशक्त सन्देश थियो – आजका युवालाई हल्का रूपमा लिन सकिँदैन। उनीहरूले डिजिटल उपकरणको पूर्ण उपयोग गर्दै भर्चुअल र भौतिक दुवै स्थानमा आफ्नो साहस देखाए। भ्रष्टाचारप्रति गहिरो असन्तोष र राजनीतिक नेतृत्वप्रति मोहभंग हुनु नै यस आन्दोलनको केन्द्रीय विषयवस्तु थियो।अघिल्ला पुस्ता जस्तो एक-दुई नेतालाई मात्र पछ्याउने प्रवृत्ति अस्वीकार गर्दै जेनजीले सामूहिक नेतृत्वलाई प्राथमिकता दियो। सामाजिक सञ्जालमा केही नाम चर्चित भए पनि उनीहरूले बारम्बार यो नेता–केन्द्रित आन्दोलन नभएको