
अमेरिका — गत साता कलेज समय सकिएपछि हतारिँदै काममा पुगेकी रीतिका मैनाली (नाम परिवर्तन) निराश हुँदै आफ्नो अपार्टमेन्टमा फर्किइन् । म्यानेजरले कामबाट हटाएको सुनाएपछि उनी निराश मात्र भइनन् तनावमा पनि छिन् ।कलेज फि तिर्ने बेला आइसक्यो, यहिबेला म कामविहीन भएँ । नेपालबाट मलाई पैसा पठाउन सक्नुहुन्न, अब म के गरुँ ?’ गहभरि आँसु बनाउँदै उनले भनिन् । टेक्सासको कम्युनिटी कलेजमा नर्सिङ अध्ययन गर्दै आइरहेकी रीतिका टेक्सासकै इर्भिङस्थित सेभेन इलाभेन ग्यास स्टेसनमा काम गर्थिन् ।साताको ४५ घण्टा काम गर्ने उनले बसोबास, खाना र खाजा खर्चसँगै कलेज शुल्क जेनतेन पुर्याइरहेकी थिइन् । उनी अमेरिका आउँदा लिएको ऋणसमेत तिर्ने योजनामा थिइन् । ‘कामबाट कमाइ ठिकै थियो, बुबाआमामाथि थोपरिएको ऋण बिस्तारै तिर्दै जाने सोच थियो, अब खानसमेत धौ–धौ हुने भयो,’ उनले दुखेसो गर्दै भनिन्, ‘म मात्र होइन मेरा सबै साथीहरूको अवस्था यस्तै छ ।’भनेकी छन्। तर यो नीति नियम ले कतिको असर गर्दछ हरेक देश का नागरिक हरुलाई चिन्ता को बिषय बनेको छ।

