अमेरिकी राष्ट्रपति ट्रम्पले प्यालेष्टिनी समर्थकहरूलाई निशाना बनाउँदै छन्, प्यालेष्टाइन र हमासको समर्थन गर्ने विदेशी विद्यार्थीहरूलाई देश निकाला गर्ने तयारीमा छन्। उनको प्रशासनले अवैध आप्रवासीविरुद्ध कठोर कदम चालिरहेको छ। ट्रम्पले कलेज क्याम्पसमा हमास समर्थक विद्यार्थीहरूको भिसा खारेज गर्न आदेश दिएका छन्। यस कदमलाई नागरिक अधिकार समूहहरूले अरब र मुस्लिम विरोधी भनेका छन्।काठमाडौँ । डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि अमेरिकी सरकारले अवैध आप्रवासीलाई घर फर्काउने प्रक्रिया जारी राखेको छ । यसै क्रममा अमेरिकाबाट निष्कासनमा पर्ने विभिन्न देशका १४ लाख ४५ हजार ५४९ जना आप्रवासीहरूको संख्या सार्वजनिक भएको छ ।अमेरिकाको अध्यागमन कार्यालयले सार्वजनिक गरेको सूची अनुसार १ हजार ३६५ जना नेपाली पनि अमेरिकाबाट निष्कासनमा पर्नेछन् । ट्रम्पले अवैधरुपमा अमेरिकामा रहँदै आएका आप्रवासीको सबैभन्दा ठूलो सामूहिक निर्वासनको अभियान सुरु गरेका छन् । ट्रम्पले शपथ ग्रहण लगत्तै यस सम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।

अमेरिकाबाट फर्काइन लागेकाहरूमध्ये सबैभन्दा धेरै होन्डुरस, ग्वाटेमाला, मेक्सिको र एल साल्भाडोरका नागरिकहरू रहेका छन् । होन्डुरसका २ लाख ६१ हजार ६५१, ग्वाटेमालाका २ लाख ५३ हजार ४१३, मेक्सिकोका २ लाख ५२ हजार ४४ र एल साल्भाडोरका २ लाख ३ हजार ८२२ जना छन् । चीनका ३७ हजार ९०८ र भारतका १७ हजार ९४० जना पनि अमेरिकाबाट निष्कासनमा पर्ने छन् ।