
काठमाडौं । विश्वकै धनाढ्य एवं अन्तरिक्ष कम्पनी स्पेस एक्सका मालिक एलन मस्कले ‘मंगल ग्रहमा मान्छे उतार्ने’ भन्दै आएका छन् । जनवरी २० मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेपछि मा अमेरिकी अन्तरिक्षयात्री पुर्याउने टिप्पणी गरेका थिए ।अन्तरिक्ष अन्वेषणको दौड चलिरहँदा मंगल ग्रह पृथ्वीबाट कति टाढा छ र यहाँ पुग्न कति समय लाग्ने भन्ने उत्सुकता स्वभाविक हुन्छ । मंगल ग्रहमा जान एकतर्फी ९ महिना समय लाग्नसक्छ भने फिर्ता आउने ट्रिप लगभग तीन वर्षसम्मको हुनसक्छ ।यो आकलनबाहेक पृथ्वीबाट मंगल ग्रहको यात्रा दुई ग्रहबीचको दूरी र अन्य विभिन्न कुराले निर्धारित गर्छ । मंगल ग्रह सूर्यबाट नजिक देखिने चौथो ग्रह हो । पृथ्वीबाट भने शुक्रपछि नजिकको दोस्रो ग्रह मंगल हो । तर, सूर्यको परिक्रमा गर्ने क्रममा दुवै ग्रहबीचको दूरी फेरिइरहन्छ ।मंगल ग्रहबाट पृथ्वीसम्म प्रकाश आइपुग्न सबैभन्दा नजिकको विन्दुमा हुँदा ३.०३ मिनेट लाग्छ । इतिहासमा रेकर्ड भएको दूरीबाट ३.११ मिनेट लाग्छ । सबैभन्दा टाढाको विन्दुबाट २२.४ मिनेट र औसतको दूरीबाट १२.५ मिनेट लाग्छ ।
तीव्र गतिको अन्तरिक्षयानबाट कति समय लाग्ला ?
हालसम्म मानव निर्मित सबैभन्दा तीव्र गतिको अन्तरिक्षयान अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको पार्कर सोलार प्रोब हो । आफ्नो गतिको रेकर्ड आफैँ ब्रेक गरिरहेको यसको गति अन्तिमपटक सन् २०२४ को डिसेम्बर २४ मा ६ लाख ९२ हजार किलोमिटर प्रतिघण्टा मापन गरिएको थियो ।यदि पार्कर सोलार प्रोब वा यतिकै गतिको अन्तरिक्षयानमा चढेर मंगल ग्रहमा जाँदा कति समय लाग्ला त ?यस्तो अवस्थामा पृथ्वी र मंगल ग्रह सबैभन्दा नजिकको विन्दुमा हुँदा ७८.८४ घण्टा वा ३.३ दिन लाग्नेछ । सबैभन्दा टाढाको दूरीमा हुँदा ५८१.४ घण्टा वा २४.२ दिन लाग्नेछ
मंगल ग्रहका लागि यान प्रक्षेपण गर्न जटिल क्याल्कुलेसन आवश्यक पर्ने
पृथ्वीबाट नजिकको विन्दुमा भएको बेला अवतरण गर्न मिल्ने गरी मंगल ग्रहका लागि यान प्रक्षेपण गर्न विभिन्न कुराहरू महत्त्वपूर्ण हुने विश्लेषकहरूको भनाइ छ ।

