
टर्कीको रिसोर्टमा आगलागी हुँदा ७६ जनाको मृत्यु, कैयौं हामफालेर भागे उत्तरपश्चिम टर्कीको एक स्की रिसोर्ट होटलमा आगलागी हुँदा ७६ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन्।बोलु प्रान्तको कार्तलकायामा अवस्थित १२ तले ग्राण्ड कार्तल होटलको चौथो तलामा रहेको रेष्टुरेन्टबाट आगो सल्किएको थियो उक्त होटलमा २३४ पाहुना थिए।आगलागीपछि कतिपय मानिसहरु आत्तिएर होटलबाट हामफालेका थिए। होटलबाट हामफाल्दा दुई जनाको मृत्यु भएको थियो। अन्यको मृत्यु धुँवामा निसास्सिएर भएको थियो।

