किक्रेटर सन्दीप लामिछानेले राष्ट्रिय टिमबाट सन्यास लिएको आशय व्यक्त गरेका छन् । गए मध्यराति आफ्नो आधिकारिक फेसबुक पेजमा एक पोस्ट लेख्दै उनले सबैलाई धन्यवाद दिएका छन् । राष्ट्रिय टिमबाट सन्यास लिएको भन्ने प्रष्ट शब्द उल्लेख नगरेपनि उनको पोस्टको आशय त्यही छ । उनको पोस्टमा समर्थकहरूले निवृत्त जीवन सफल रहोस् भनेर शुभकामना दिएका छन् सन्दीपले केही दिन पहिले नेपालका क्रिकेट एम्पायरका विषयमा प्रश्न उठाएका थिए । 

‘सबै कुराका लागि सबैलाई धन्यवाद। यो देश र यस सुन्दर राष्ट्रका अद्भुत मानिसहरूले मेरो यात्राको प्रत्येक कदममा सधैं साथ दिए, अटल सहयोग प्रदान गरे’, सन्दीपले लेखेका छन्, ‘तपाईंहरूको माया र हौसला मेरो लागि अमूल्य छन् र सधैं मेरो हृदयमा विशेष स्थान ओगटिरहनेछन् । शब्दहरूमा व्यक्त गर्न नसकिनेगरी आभारी छु।’बलात्कारको मुद्दा लागेपछि सन्दीप लामो समय बाहिर बसे । मुद्दामा सफाइ पाएसँगै भित्रिएका उनले त्यसपछि  राष्ट्रिय टिममा छाप छोड्न सकिरहेका छैनन् ।