रियाल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। भ्यालेन्सिलाई २-१ ले हराउँदै रियालले खेल जित्यो। लुका मोड्रिच र जुड बेलिङ्गहमको गोलले रियाललाई जित दिलायो। यस जितसँगै रियाल ४३ अंकसहित शीर्ष स्थानमा पुगेको छ भने एटलेटिको मड्रिड दोस्रो स्थानमा झरेको छ। बार्सिलोना तेस्रो स्थानमा छ।रियल म्याड्रिड जहिले पनि अगाडी नै रहने क्लब हो तेसैले यो सन्दर्भमा पनि य्युरोपियन खेलमा सधै चर्चा हरु पाउने गरेको छ।ह्यूगो डुरोले सुरुवाती अग्रता दिलाएको भ्यालेन्सिया दोस्रो हाफपछि दबाबमा आयो । रियालले ५५ र ५९ औं मिनेटमा गरेका दुई प्रहारले गोलको मान्यता पाएनन् । र, ७९ औ मिनेटमा मिनिसियस जुनियरले रातो कार्ड खाएपछि १० जनामा सिमिति भएको रियाल थप आक्रामक बन्यो । ८५ औं मिनेटमा लुका मोड्रिच र अतिरिक्त समयमा जुड बेलिङ्गहमले गोल गर्दै टोलीलाई जित दिलाए । जितसँगै रियाल ४३ अंक सहित शीर्ष स्थानमा उक्लिएको छ भने ४१ अंक बटुलेको एटलेटिको मड्रिड दोस्रो स्थानमा झरेको छ । बार्सिलोना भने ३८ अंकसहित अंक तालिकाको तेस्रो स्थानमा छ ।