काठमाडौँ असार ९ मा काठमाडौँको डल्लु र सीतापाइलाबाट २४ जना बंगलादेशी नागरिक पक्राउ परे ।उनीहरूलाई प्रहरी वृत्त स्वयम्भुबाट खटिएको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका मध्येका २० जना भिसाबिनै नेपाल प्रवेश गरेको भेटिएको छ । दुई जनाको साथमा मात्र नेपालको वैध भिसा रहेको भेटिएको छ । अर्का दुई जना भिसाको अवधि समाप्त भएर नवीकरण नगरी काठमाडौँमा बसिरहका थिए ।बंगलादेशीहरू काठमाडौँ महानगरपालिका–१५ मा सञ्चालित गार्मेन्टमा काम गर्दै आएका थिए । उनीहरू सबैलाई फरएभर योङ प्रालि नामको गार्मेन्टबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । साथमा भिसा नभएका २० जना बंगलादेशबाट भारत हुँदै नेपाल प्रवेश गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । एसपी भट्टराई भन्छन्, ‘भिसा नहुनेहरू बंगलादेशबाट भारत प्रवेश गरेर सडक मार्गबाट नेपाल आएको देखिन्छ ।’