काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आगामी जुलाई महिनाबाट युरोपमा संस्थागत रूपमा कामदार पठाइने बताएका छन् । विनियोजन विधेयक २०८२ माथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री भण्डारीले यही जुलाई महिलाबाट युरोपमा संस्थागत तवरले श्रमिक पठाउने व्यवस्था मिलाइएको बताएका हुन् । 

उच्च मानवअधिकार भएका मुलुकहरूमा श्रमिक पठाउनका लागि तयारी भएको उनको भनाइ छ । युरोपमा मेनपावर व्यवसायीहरूका मागपत्र प्रमाणीकरण नहुँदा नेपाली श्रमिकहरू युरोप जानबाट वञ्चित हुँदै आएका छन् । संस्थागत रूपमा जान नपाउँदा श्रमिकहरू दलाललाई १० औँ लाख रुपैयाँ तिरेर युरोपका विभिन्न देशमा जान बाध्य भइरहेका छन् । यस्तो अवस्थामा मन्त्री भण्डारीले जुलाईबाट युरोपमा कामदार पठाउने व्यवस्था मिलाइएको बताएका हुन् ।