राष्ट्रिय परीक्षा बोर्डले असारको तेस्रो सातासम्म माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित गर्ने योजना बनाएको छ। शिक्षकहरूको आन्दोलनले उत्तर पुस्तिका परीक्षणमा ढिलाइ गरेपछि नतिजा प्रकाशनमा ढिलाइ भएको हो। बोर्डले ढिलाइलाई कम गर्न प्रयास गरिरहेको छ र असारको तेस्रो वा चौथो हप्तामा नतिजा प्रकाशित गर्ने लक्ष्य राखेको छ।गत चैतमा शिक्षकहरूले गरेको सडक आन्दोलनका कारण उत्तर पुस्तिका परीक्षण कार्यमा ढिलाइ भएपछि नतिजा प्रकाशनमा असर परेको हो । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का परीक्षा नियन्त्रक डा.गणेशप्रसाद भट्टराईले शिक्षकहरूको आन्दोलनले उत्तर पुस्तिका परीक्षणमा ३२ दिनको ढिलाइ भएको बताए ।गत वर्ष २०८१ सालको चैत २० गतेदेखि २०८२ वैशाख १७ गतेसम्म शिक्षकहरू काठमाडौँमा सडक आन्दोलन गरेका थिए । जसका कारण उत्तर पुस्तिका समयमा परीक्षण हुन सकेको थिएन । ढिला गरी उत्तर पुस्तिका परीक्षा सुरु भएको थियो ।