काठमाडौँ । इरान र इजरायलबिच युद्ध चर्किएसँगै ती मुलुकमा रहेका नेपालीको सुरक्षा र सम्भावित उद्धारका लागि नेपालले तयारी थालेको छ । परराष्ट्र मन्त्रालयले स्थितिको गम्भीरतापूर्वक निगरानी गरिरहेको जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आपतकालीन उद्धारका लागि रणनीतिक योजनाहरूमा काम गरिरहेको प्रस्ट पारेको छ ।हाल इजरायलमा साढे ५ हजारको हाराहारीमा नेपाली रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालका अनुसार हालसम्म इजरायलमा रहेका सबै नेपाली स्थानीय सुरक्षा निकायको निर्देशनअनुसार सुरक्षित स्थानमा छन् । ‘सुरक्षा गाइडलाइनलाई फलो गरेर नेपाली बसेका छन्, उनीहरूलाई अहिले नै फर्काउने अवस्था छैन,’ प्रवक्ता ढकालले भने, ‘तर फर्काउनै परे पनि सरकारले त्यसबारे तयारी गर्नेछ