
काठमाडौं । विश्वको सबैभन्दा अग्लो रेलवे पुल भारतको काश्मीरमा सञ्चालनमा आएको छ ।निर्माण सुरु भएको चार दशकपछि बनेको चिनाब पुल आफ्नै नामको नदीभन्दा ३५९ मिटर (लगभग १,१८० फिट) माथि छ । जुन इफेल टावरको टुप्पोभन्दा २९ मिटर (९५ फिटभन्दा बढी) अग्लो छ ।
काठमाडौं । विश्वको सबैभन्दा अग्लो रेलवे पुल भारतको काश्मीरमा सञ्चालनमा आएको छ ।निर्माण सुरु भएको चार दशकपछि बनेको चिनाब पुल आफ्नै नामको नदीभन्दा ३५९ मिटर (लगभग १,१८० फिट) माथि छ । जुन इफेल टावरको टुप्पोभन्दा २९ मिटर (९५ फिटभन्दा बढी) अग्लो छ ।वास्तुकलाको अद्भूत कृतिका रूपमा रहेको चेनाब रेल पुल १,३१५ मिटर लामो यो स्टिल आर्च पुल हो । भूकम्प र हावाको प्रबल गति सहन सक्ने गरी पुल निर्माण गरिएको बताइएको छ ।

