
अग्रज साहित्यकार विजय चालिसे यति चाँडै हामी माझबाट सधैँका लागि बिदा हुनुहुन्छ भन्ने लागेको थिएन । उहाँ अस्वस्थ भएको थाहा पाएको थिएँ । भेट्न जाने सोचले फोन गरेँ । छोरा आलोकले फोन उठाउनुभयो । उहाँले बुवालाई अहिले अलि कठिनाइ भएको र अस्पताल पनि लैजानुपर्ने भएकाले एक–दुई दिनपछि मात्रै भेट्न सम्भव होला भन्नुभयो । रोगबारे जिज्ञासा राख्दा उहाँले धेरै कुरा गर्नुभएन, अझै निदान भएको छैन भन्नुभयो । अग्रज साहित्यकार विजय चालिसे यति चाँडै हामी माझबाट सधैँका लागि बिदा हुनुहुन्छ भन्ने लागेको थिएन । उहाँ अस्वस्थ भएको थाहा पाएको थिएँ । भेट्न जाने सोचले फोन गरेँ । छोरा आलोकले फोन उठाउनुभयो । उहाँले बुवालाई अहिले अलि कठिनाइ भएको र अस्पताल पनि लैजानुपर्ने भएकाले एक–दुई दिनपछि मात्रै भेट्न सम्भव होला भन्नुभयो । रोगबारे जिज्ञासा राख्दा उहाँले धेरै कुरा गर्नुभएन, अझै निदान भएको छैन भन्नुभयो । केही वर्षपहिले उहाँको कथा संग्रह ‘अग्निचक्र’ (२०६२) बारे मैले लेखेको समीक्षा पनि यसमा समावेश गरिएको रहेछ । त्यस भेटघाटमा उहाँले आफ्ना अन्य केही पुस्तक पनि प्रदान गर्नुभयो । हामी सामूहिक तस्बिर खिच्दै र उहाँको स्वास्थ्य लाभको कामना गर्दै बिदा भयौँ । छोरा आलोकले उहाँको स्वास्थ्यबारे केही थप कुरा गर्नुभयो । उहाँलाई क्यान्सर भएको रहेछ, यद्यपि उहाँ यति छिटै जानुहुन्छ भन्ने लागेको थिएन ।

