शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा २२ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलाको एक लाख ६८ हजार १०० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेर प्रतितोला एक हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ।