
चितवनमा केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घले सम्बन्धित निकायलाई दुग्ध उत्पादक किसानको बक्यौता रकम तत्काल भुक्तानी गर्न आग्रह गरेको छ। दुई दिनको छलफलपछि सात बुँदे अवधारणा पत्र जारी गर्दै निजी डेरी उद्योग र दुग्ध विकास संस्थानबाट भुक्तानी नपाएको विषयमा ध्यानाकर्षण गराइएको छ। रकम नपाए आन्दोलन गर्ने चेतावनी पनि दिइएको छ।

