महाशिवरात्रि नजिकिएसँगै पशुपतिमा बाबाहरू आउन थालेका छन्।पशुपति क्षेत्रमा अहिले बाबाहरूको चहलपहल सुरू भएको छ। बुधबार महाशिवरात्रि मनाइँदै छ। विगतका वर्षहरू जस्तै यसवर्ष पनि पशुपतिनाथको मन्दिर परिसरमा बाबाहरू आउने क्रम सुरू भएसँगै महाशिवरात्रिको रौनक बढेको छ।भगवान् शिवको प्रमुख पर्व मानिने महाशिवरात्रि मनाउन नेपालका विभिन्न भूभागसहित छिमेकी मुलुक भारतबाट बाबाहरू आउने गर्दछन्। शिवरात्रीका लागि पशुपति क्षेत्र सिँगारिएको छ।पशुपति विकास कोषले शिवरात्रिमा आउने बाबाहरूलाई स-सम्मान स्वागत र बिदाइ गर्ने गरेको छ।