
काठमाडौँ । पाकिस्तानका प्रसिद्ध गजलकार गुलाम अली नेपालमा गुञ्जने भएका छन् । आगामी चैत्र २ गते शनिबार ललितपुरको पुल्चोकस्थित प्लाजामा करिब ३ घण्टा ‘गुलाम अली थ्री जनेरेशन अन वन स्टेज’ कार्यक्रममा उनले गजलप्रेमी दर्शक तथा श्रोतालाई मन्त्रमुग्ध बनाउने छन् । शनिबार एक कार्यक्रममा गर्दै आयोजक साधना कला केन्द्रले कार्यक्रमको विभिन्न पक्ष बारे जानकारी दिएको हो ।साधनाका सञ्चालक मिलन मोक्तानले गजलकार गुलाम अलीको डिमान्ड अनुसार नै नेपालमा कार्यक्रमको आयोजना गरिएको बताए । अहिलेलाई शोको लागि लिमिटेड टिकट मात्रै राखिएको उनले जानकारी दिए । मार्च १३ तारिक गुलाम अलीसहित ११ जनाको टिम नेपाल आइ पुग्ने छ । उनले ‘गाजलु ती ठुला ठुला आँखा’ लगायतका ४ नेपाली गीतसहित दर्जनौँ हिन्दी गीत श्रोतामाझ पस्कने छन् ।

