हमासले तीन इजरायली बन्धक इजरायली सेना (आईडीएफ)लाई सुम्पेको छ, रेडक्रसका अधिकारीहरूमार्फत उनीहरूलाई इजरायल लगिएको बीबीसीले जनाएको छ । रिहा हुनेमा तीन महिला छन् । उनीहरूलाई आधिकारिक रूपमा पश्चिमी गाजा शहरको अल-रिमाल छिमेकको अल-सराया स्क्वायरमा रेड क्रसलाई सुम्पिएको हमासका एक अधिकारीले बताएको समाचार संस्था एएफपीले जनाएकव छ । तीन बन्धकहरूको बदलामा इजरायलले ९० प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ ।