
अभिनेता दयाहाङ राई अभिनीत फिल्म ‘कार्साङ’ को मल्टिप्लेक्स हलहरूले अग्रिम टिकट बिक्री खुलाएका छन्।यो फिल्मलाई हलहरूले सुखद् शो दिँदै बुकिङ खुलाएका हुन्।देशको सबभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले फिल्मलाई ५३ शो दिएको छ। काठमाडौंभित्रका आउटलेटमा २१ र बाहिर ३२ शो दिएको हो। आईएनआई सिनेमाजले १३ शो दिएको छ। एफक्युब सिनेमाजले ७ शो दिएको छ। अन्य मल्टिप्लेक्सले पनि बुकिङ खुलाउने तयारी गरेका छन्।
शेर्पा समुदायको कथावस्तुमा आधारित फिल्म ‘कार्साङ’ यम शेर्पाले लेखन तथा निर्देशन गरेका हुन्। फिल्ममा दयाहाङसहित जितु नेपाल, दीया मास्के, सिर्जना निङ्लेखु, बुद्धि तामाङ, रविन्द्र झा लगायत कलाकारहरूको अभिनय छ।

