काठमाडौं । रास्वपाले आसन्न निर्वाचनका लागि विभिन्न पदमा कर्मचारी मागेको छ ।आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रक्रियालाई सहयोग पुर्‍याउन उच्च प्रभावकारी, डाटा–आधारित तथा मिसनकेन्द्रित निर्वाचन वार रूम ‘ब्लु रूम’ स्थापना गर्न लागेको रास्वपाले जनाएको छ । जसका लागि योग्य, दक्ष र ईच्छुक व्यक्तिलाई आवेदन दिन भनिएको छ ।ईच्छुक व्यक्तिले अनलाइन बाट फारम भर्न सकिने रास्वपाले उल्लेख गरेको छ ।