
भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखामा ठूलो लुटपाट भयो। गभर्नर डा. विश्व पौडेलले करिब पाँच करोड रूपैयाँ नगद र १८ किलो सुन लुटिएको बताए। वरपर आगजनी भए पनि केन्द्रीय कार्यालय सुरक्षित रह्यो। लुटपाटको भिडियो सार्वजनिक भएको थियो जसमा केही रकम प्रहरीलाई फिर्ता गरिएको देखिन्छ।प्रदर्शनका क्रममा वाणिज्य बैंकको बानेश्वर शाखाबाट नगद लुटपाट भइरहेको भिडियो सार्वजनिक भएको थियो । लुटपाटमा संलग्न युवाहरूले भिडियो बनाउने व्यक्तिलाई समेत केही रकम दिएको देखिन्छ ।ती व्यक्तिले भने उक्त रकम प्रहरीलाई बुझाइसकेका छन् । ललितपुर घर भएका सुरेश देउलाले ५ लाख १० लाख ५ सय रूपैयाँ जिल्ला प्रहरी परिसर ललितपुरमा बुझाएका हुन् ।

