
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विस्तार अन्तिम चरणमा पुगेको छ। ट्याक्सी वे र एप्रोनजस्ता परियोजनाहरू लगभग पूरा हुने अवस्थामा छन्। मनसुनको चुनौतीका बाबजुद काम समयमै सम्पन्न हुने क्रममा छ। सन् २०२० अगस्टमा सुरू भएको यो परियोजनाले यात्रु क्षमता करिब १ करोड पुर्याउने र हवाई ट्राफिक व्यवस्थापनमा २५% वृद्धि गर्ने लक्ष्य राखेको छ।यो काम सन् २०२० अगस्ट २० बाट सुरू भएको थियो। अहिलेसम्म ७५ प्रतिशत काम सकिएको छ।
धावनमार्ग भन्दा ७५ मिटरभित्रको क्षेत्र अत्यधिक ‘सुरक्षा संवेदनशील क्षेत्र’ रहेकोले गत वैशाखसम्म ५ महिना राति १० घण्टा विमानस्थल बन्द गरेर काम गरिएको थियो।उडान रोकेको भन्दै प्राधिकरणको त्यतिबेला आलोचना भएको थियो। राति उडान रोके पनि विमानस्थलको आय र यात्रुको संख्या गत वर्षको भन्दा कमी नभएको अधिकारीले बताए।

