
भक्तपुरमा पर्यटकको आगमन बढेको छ। भक्तपुरमा गत आर्थिक वर्षमा २ लाख ४४ हजार ८ सय ६८ पर्यटक आएका छन्। जसमा १ लाख २९ हजार ३ सय ८१ जना विदेशी र १ लाख १५ हजार ४ सय ८७ जना (सार्क राष्ट्र र चिनियाँ) पर्यटक रहेका छन्।गत आर्थिक वर्ष २०८०/०८१ को तथ्यांक अनुसार एक वर्षमा २ लाख ४५ हजार ५ सय ९३ विदेशी पर्यटकहरूले भक्तपुर अवलोकन गरेका थिए। जसमा १ लाख १६ हजार ४ सय १ विदेशी र १ लाख २९ हजार १ सय ९२ सार्क राष्ट्र र चिनियाँ पर्यटक रहेका थिए।
भक्तपुरको पर्यटन सूचना तथा सेवा केन्द्रको तथ्यांकअनुसार आव २०८१/८२ मा सबैभन्दा बढी भारतबाट पर्यटकहरू घुम्न आएका छन्। भारतबाट मात्रै ७९ हजार १ सय ३२ पर्यटकहरू नेपाल आएका थिए। त्यसपछि चीनबाट पर्यटक घुम्न आएको देखिन्छ। चीनबाट करिब ३६ हजार १ सय ३५ पर्यटक भक्तपुर भ्रमणमा आएका छन्। त्यस्तै, अमेरिकाबाट १६ हजार ५ सय ५८, जर्मनीबाट ११ हजार ७ सय ८८, फ्रान्सबाट ११ हजार ७ सय ५४, इटालीबाट ८ हजार २ सय २८ घुम्न आएका छन्।

