राष्ट्रपति रामचन्द्र पौडेलले गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धान्जली प्रकट गरेका छन् । शनिबार पौडेलले शोक सन्देश जारी गर्दै लोकतान्त्रिक योद्धा स्वर्गीय गुरुङ्गले लोकतन्त्र स्थापना र पुनर्स्थापनामामा पुर्याएको महत्वपूर्ण योगदान सदा स्मरणीय रहने उल्लेख गरेका राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । गुरुङको आज बिहान ८ बजे आफ्नै निवासमा निधन भएको हो । साथै, राष्ट्रपति पौडेलले २०४६ सालको जनआन्देलनकाबेला गुरुङले चितवनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको स्मरण पनि गरेका छन् ।राष्ट्रपति पौडेलले शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका पनि सचिवालयले जनाएको छ । चितवन नेपाली कांग्रेसका पूर्वसभापति समेत रहेका गुरुङ विसं २०७८ साउन १२ गते गण्डकी प्रदेश प्रमुखमा नियुक्त भएका थिए ।
“राष्ट्रपति पौडेलद्वारा पृथिवि मान गुरुङ को निधनप्रति दुःख व्यक्त गरेका छन्।”
Related Posts
“कस्तो छ त नेपालमा छायांकन गरिएको हलिउड फिल्म ‘तेन्जिङ’को ट्रेलर ?”
विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको ऐतिहासिक कथामा आधारित हलिउड फिल्म ‘तेन्जिङ’को ट्रेलर सार्वजनिक भएको छ। फिल्ममा सन् १९५३ मा पहिलोपटक सगरमाथाको सफल आरोहण गर्ने तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीको कथा…
“यी हुन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय के के भए त ?”
मन्त्रिपरिषद् बैठकका ७ वटा निर्णयहरू सार्वजनिक गरिएको छ । बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय सरकारका प्रवक्ता सस्मित पोखरेलले सार्वजनिक गरेका हुन् । –एसियाली विकास…

