आजभन्दा १२ वर्षअघि २०७० सालमा नेपाल राजनीतिक रूपमा अस्थिर र अनिश्चित मुलुक थियो । संविधानसभा विघटन भएर देशले अर्को चुनावको प्रतीक्षा गरिरहेको थियो । देश प्रधानन्यायाधीश नेतृत्वको गैरदलीय चुनावी सरकारको भरमा थियो । भूगोल, जात र वर्णका आधारमा फरक राज्यको माग गर्ने जमातको वर्चस्व थियो । एकप्रकारले हेर्दा देशको राजनीतिक र सामाजिक जीवन तरल थियो ।आजभन्दा १२ वर्षअघि २०७० सालमा नेपाल राजनीतिक रूपमा अस्थिर र अनिश्चित मुलुक थियो । संविधानसभा विघटन भएर देशले अर्को चुनावको प्रतीक्षा गरिरहेको थियो । देश प्रधानन्यायाधीश नेतृत्वको गैरदलीय चुनावी सरकारको भरमा थियो । भूगोल, जात र वर्णका आधारमा फरक राज्यको माग गर्ने जमातको वर्चस्व थियो । एकप्रकारले हेर्दा देशको राजनीतिक र सामाजिक जीवन तरल थियो ।

भनिन्छ, १२ वर्षमा खोलो फर्किन्छ । यो अवधिको ‘फ्ल्यासब्याक’ गर्दा आज त्यतिवेलाका समस्याहरू धेरै हदसम्म समाधान भएर गएका देखिन्छन् । तुलनात्मक रूपमा हेर्दा मान्छे सम्पन्न हुँदै गएका छन् । तर, आँकडाले देखाउने समृद्धिका सूचकहरू जनताको अनुहारमा विरलै देखिन्छ । वर्तमानको देखासिखीको कारणले होस् वा भविष्यको चिन्ताले, मान्छेका अनुहारका भयका धर्साहरू देखिन्छन् । यही भयले डोहोर्‍याएको मानव व्यवहारले एउटा ठुलो सामाजिक र जानसांख्यिक संकट सिर्जना गएको देखिन्छ ।